५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हरिहरपुरमा तीन महिने तालिम सुरु



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको हरिहरपुरमा तीन महिने निशुल्क सिपमुलक कम्प्युटर हार्डवेयर र मोबाईल रिपेयरिङ्ग तालिम सुरु भएको छ । तालिमको शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले तालिम सिक्ने मात्र नभई आत्मनिर्भर भएर देखाउन आग्रह गर्नुभयो । नगरपालिकाले वेरोजगारहरुलाई रोजगारी मिलोस भन्ने उद्धेश्यले तालिम सञ्चालन गरेको भन्दै नगर प्रमुख श्रेष्ठले तालिमबाट सिप सिकेर दक्ष बन्न आग्रह गर्नुभयो । तालिमले युवाहरुलाई स्वरोजगार बनाउनेमा आफुले विश्वास लिएको उहाँले बताउनुभयो ।
“सिपयुक्त नेपाली समृद्ध नेपाल” भन्ने मूल नाराका साथ माईक्रोटेक ट्रेनिङ्ग एकाडमि प्रा.लि. बुद्वभूमिको प्राबिधिक सहयोग र बुद्धभूमि नगरपािलकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो ।
अनिल अधिकारीको अध्यक्षतामा सुरु भएको तालिम उद्घाटसस्त्रमा वडा नंं. ८ का वडा अध्यक्ष कपिलदेव तिवारी, बुद्धभूमि नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख चिरञ्जीवी खनालको उपस्थिती रहेको थियो । दिपक केसीको सञ्चालनमा भएको तालिमको स्वागत मन्तव्य मदन लम्सालले राख्नुभएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  २ : ०६ बजे