५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जुल्पादेवीको निधनमा शोक सभा



मायादेवी अनलाइन, वाणगंगा ।
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय सदस्य शशि सापकोटाकी आमा स्वर्गीय जुल्पादेवी सापकोटाको सम्झनामा शनिबार झन्डामा पार्टीले शोक सभा सम्पन्न गरेको छ ।
शोक सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय समितिका पूर्व महासचिव सन्त बहादुर नेपालीले उहाँको निधनले राष्ट्रिय जनमोर्चा स्तब्ध भएको र दुखद यस क्षणमा सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्न अग्रह गर्नुभयो ।
शोक सभामा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य मिना पोख्रेल, ट्रेड युनियनका केन्द्रिय सदस्य नारायण जि.सि., राष्ट्रिय जनमोर्चा कपिलवस्तु अध्यक्ष दधिराम आचार्य, नेपाली काङ्ग्रेसका प्रतिनिधि झगरु थारु, उमेश सापकोटा लगायतले शोक मन्तव्य राख्नु भएको थियो ।
शोक सभा मोती प्रसाद सापकोटाको अध्यक्षता, हिमलाल वाग्लेको सन्चालनमा सम्पन्न भएको थियो । स्वर्गीय जुल्पा देबी सापकोटाको फाल्गुण २२ गते ६८ बर्षको उमेरमा निधन भएको थियो । फाल्गुण १६ गते आफ्नो घरमा रहेको गोवर ग्यासमा दुध तताउने क्रममा उहाले लगाएतको साडीमा सामान्य आगो सल्केको थियो ।
तत्काल आगो नियन्त्रण गर्न नसक्दा र परिवारका अन्य सदस्यहरु उक्त्त समयमा घरमा नभयकोले तत्काल उद्दार गर्न नसकिएकोले शरीरको धेरै जसो भाग जलेको थियो । त्यस लगतै कपिलवस्तु सामुदायिक अस्पताल र लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार हुन नसकेपछि तत्काल काठमाण्डौ लागिएको थियो ।
किर्तिपुर अस्पताल काठमाण्डौमा उपचारको क्रममा उहाको निधन भएको हो । उहाँका तीन छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ३९ बजे