५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बालकृष्ण खाँणले कांग्रेस संसदमा नरम भएको पोल खोले !



बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय व्यवस्था विवादमा नआहोस भनेर आफ्नो पार्टी सदनमा रचनात्मक र नमर रुपमा प्रस्तुत भइरहेको बताउनु भएको छ ।
नेपाल प्रेस यनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भौगोलिक, सांस्कृतिक, धार्मिक बिबिधता भएको नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्था संसदीय व्यवस्था भएको र त्यसमाथि प्रहार भई कमजोर नहोस भनेर नै कांग्रेस सदनमा रचनात्मक र नरम रुपमा प्रस्तुत भईरहेको बताउनुभयो ।
उहाले भन्नुभयो, “पार्टी कार्यकर्ता, शुभेच्छुक र आम नागरीकको कांग्रेस सदनमा बढ्तै आक्रमक रुपमा प्रस्तुत भइदियोस भन्ने चाहना छ, काँग्रेस नरम भयो भन्ने आरोप छ तर संसदीय व्यवस्था विवादमा नआओस र कमजोर नहोसभनेर हामी नरम भएका हौं ।”
उहाले कांग्रेसले एक दलीय सर्वसत्तावादी शक्तिले शासन चलाए मुलुक दुर्घटनामा जाने भएकाले नै कांग्रेस नमर भएको बताउनुभयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताउनुभयो । विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्ने बताउँदै उहाले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ३५ बजे