एजेन्सी ।
फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ । अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ । तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छ ।
१. टमाटर– टमाटरलाई फ्रिजमा राख्नाले यसको स्वाद बिग्रिन्छ । फ्रिजको चिसोले टमाटरको भित्री झिल्ली टुट्छ । जसका कारण यो मुलायम हुन जान्छ ।
२. तुलसी– तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ । तुलसी पानीमा राख्नुपर्छ ।
३. आलु– चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ । आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ ।
४. लसुन र प्याज – आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।
५. जैतुनको तेल– जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन । कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ ।
६. रोटी– धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ ।
७. कफी– कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।
८.मह– यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ ।
९. अचार– अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ ।
–एजेन्सीबाट
प्रतिक्रिया