५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

१२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ



इलाम ।
इलामस्थित सन्दकपुर गाउँपालिकाको सुलुबुङकी एक १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
बालिकालाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुँदा बालिका कराएकीले घरका अन्य सदस्य उनी भए ठाउँमा पुग्दा पाठक हिँडेका थिए ।
पाठकमाथि जवरजस्ती करणीअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १० : ३४ बजे