५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

हुलास स्टील उद्योगमा आगलागी



वीरगञ्ज ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको हुलास स्टीलमा शनिबार दिउँसो आगलागी भएको छ । दिउँसो करिब १२ बजेतिर कम्पनीको कवाडी जम्मा गर्ने गोदाममा रहेको ग्यासबाट फलाम टुक्राउने क्रममा मेसिनबाट निस्केको आगोको झिल्कोले काराखानाभित्र आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, जीतपुर–सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमबाट गएको वारुण यन्त्रको सहयोगमा करिब ४५ मिनेटपछि नियन्त्रणमा लिइएको छ ।आगालागीबाट भएको क्षतिको बारेमा प्रहरीले विवरण संकलन गरिरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १० : २१ बजे