५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्लाष्टिकको प्रयोग कम गर्न विश्वका १७० देश सहमत



एजेन्सी ।
विश्वका १७० देशले सन् २०३० सम्ममा प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोग उल्लेख्य मात्रामा घटाउने प्रतिबद्धता जनाएका छन् ।
केन्याको नैरोबीमा भएको पाँच दिने संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनपछि सहभागी देशका प्रतिनिधिले प्लाष्टिकका झोलासहितका प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सन् २०२५ सम्म एकपटक प्रयोग गरेर फाल्नु पर्ने प्लाष्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने प्रस्तावमा अमेरिकासहितका देशले अवरोध गरे पनि सन् २०३० सम्ममा प्लाष्टिकजन्य सामग्रीको प्रयोग कम गर्नेमा भने सबै देश सहमत भएका छन् ।
विश्वव्यापी रुपमा हरेक वर्ष ८ मिलियन टन भन्दा बढी प्लाष्टिक समुद्रमा मिसिने गरेको छ । सम्मेलनमा विभिन्न देशका वातावरण मन्त्री, वैज्ञानिक तथा व्यवसायिक क्षेत्रकासहित ४७ सय भन्दा बढि प्रतिनिधिको सहभागिता रहेको थियो ।
यो सम्मेलनलाई आउँदो सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको क्लाइमेट एक्सन समिटको तयारीका रुपमा पनि लिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १० : १६ बजे