५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

संसदीय व्यवस्थालाई कमजोर हुन नदिन कांग्रेस सदनमा रचनात्मकः प्रमुख सचेतक खाँण



बुटवल ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदीय व्यवस्था विवादमा नआहोस भनेर आफनो पार्टी सदनमा रचनात्मक र नम्र रुपमा प्रस्तुत भइरहेको बताउनु भएको छ ।
नेपाल प्रेस यनियन रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले भौगोलिक, सास्कृतिक, धार्मिक बिबिधता भएको नेपालका लागि सबैभन्दा उपयुक्त व्यवस्था संसदीय व्यवस्था भएको र त्यसमाथि प्रहार भई कमजोर नहोस भनेर नै कांग्रेस सदनमा रचनात्मक र नम्र रुपमा प्रस्तुत भईरहेको बताउनु भयो ।
उहाले भन्नुभयो पार्टी कार्यकर्ता, शुभेच्छुक र आम नागरीकको काग्रेस सदनमा बढ्तै आक्रमक रुपमा प्रस्तुत भइदियोस भन्ने चाहना छ, काँग्रेस नरम भयो भन्ने आरोप छ तर संसदीय व्यवस्था विवादमा नआओस र कमजोर नहोसभनेर हामी नरम भएका हौं ।
उहाले काग्रेसले एक दलीय सर्वसत्तावादी शक्तिले शासन चलाए मुलुक दुर्घटनामा जाने भएकाले नै काग्रेस नम्र भएको बताउनु भयो। काग्रेस संसदीय दलका प्रमुख सचेतक खाँणले सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताउन भयो ।
विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्ने बताउँदै उहाले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिनुभयो । उहाले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गर्नुभयो। उहाले भन्नुभयो मुलुकले फेरि अर्को द्वन्द्व थेग्न सक्दैन े बताउनु भयोृ ।
उहाले सिके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको बताउदै राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने बताउनु भयो। संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता गरेजस्तो सहमतिका बुँदामा रहेको बताउनु भयो । सरकार र सिके राउतबीचको सहमतिमा साझा धारणा सार्बजनिक गर्न माग गर्नुभयो । सीके रावत समुह राजनीतिको मुल धारमा आउनु राम्रो कुरा भएपनि सहमतिको अर्को दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु बढेको बताउनु भयो ।
प्रदेश ५ को राजधानीबारे छिटो छिटो टुंगो प्रदेश सभा र प्रदेश सरकारलाई उहाले आग्रह गर्नुभयो । गौतमबुद्धको जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थल र अन्य पुर्वाधारका हिसाबले पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्ने बताउदै स्थायी राजधानीको बिषय नटुग्याउदा अन्यौलमा जनता परेको बताउनु भयो ।
युनियका रुपन्देही सभापति रेखा भुसालको सभापतित्व र उपसभापति कबिन्द्र नेपालको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ७ : ०४ बजे