५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

उदयपुरमा विप्लवका कार्यकर्ता पक्राउ



काठमाडौं ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता उदयपुरमा पक्राउ परेका छन् । उदयपुरका जिल्ला सदस्य तिलक तामाङ आक्रोश त्रियुगा नगरपालिका ७ चिसापानीबाट पक्राउ परेका हुन् । विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि पक्राउ परेका उनलाई विप्लवसमूहले आह्वान गरेको नेपाल बन्दकी दिन राति ८ बजे पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ६ : ०६ बजे