५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ



काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य मोहन कार्की पक्राउ परेका छन् ।उपचारका लागि काठमाडौं आएका उनी ललितपुरस्थित डेराबाट शुक्रबार बेलुका पक्राउ परेको कार्कीको परिवारले जानकारी दिएको छ । सुगर बढेपछि उपचारका लागि आएका उनलाई शुक्रबार बेलुका गएको चार जना प्रहरीको टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न २ हतियारधारी र २ सिभिल प्रहरी कार्की निवासमा पुगेका थिए ।
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि पक्राउ पर्नेमा कार्की सबैभन्दा उच्च तहका नेता हुन् । उनी विप्लव समूहको नेकपाको पोलिटव्युरो सदस्य हुन् । यसअघि केन्द्रीय सदस्य बन्द चन्दलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
विप्लवले चलाएका ध्वंसात्मक गतिविधिपछि अहिलेसम्म प्रहरीले ७३ भन्दा बढी विप्लवका कार्यकर्ता पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  ६ : ०४ बजे