५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

तराइमा गर्मी ह्वात्तै बढ्यो, एक हप्तामा झण्डै ५ डिग्री तापक्रम बढ्यो



काठमाण्डौँ ।
पहाडको तुलनामा तराईको तापक्रम ह्वात्तै बढेको छ । पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक हप्ताअघि २९ दशमलब ४ डिग्री सेल्सियस मापन गरिएको जनकपुरको अधिकतम तापक्रम हिजो ३४ दशमलब ४ डिग्री सेल्सियस पुगेको छ । यस्तै धरान, विराटनगर, धनगढी, सिमरा, नेपालगन्ज, भैरहवा लगायतका क्षेत्रको तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै मापन गरिएको छ ।

हिमाली जिल्ला जोमसोमको अधिकतम तापक्रम सबैभन्दा कम १५ दशमलब ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै पहाडमा पनि अधिकतम तापक्रम बढेको छ । तर पहाडको तुलनामा तराईको तापक्रम एक हप्तामा झण्डै ५ डिग्री सेल्सियसले बढेको हो । आज भने तराई क्षेत्रको तापक्रम थोरै घट्ने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार आज विराटनगरको अधिकतम तापक्रम ३० दशमलब १ डिग्रीमा झर्नेछ । हिजो विराटनगरको तापक्रम ३३ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  २ : ३० बजे