५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कोटामा कृषि विकास मन्त्री खनाल आज चीन जाँदै



काठमाण्डौँ ।
चिया किसान तथा चिया व्यवसायीहरुको कोटामा कृषि विकास मन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने ‘फर्ड अनुअल टी एक्स्पो’ कार्यक्रममा सहभागी हुन मन्त्रीसहितको टोली चीन जान लागेको समाचार छ। चिया व्यवसायीको कोटामा मन्त्री खनाल, सहसचिव हरिबहादुर केसी, तत्काली माओवादी केन्द्रका गुल्मी सचिव बुद्धि बिसी, गुल्मी नेकपा जिल्ला तहका नेता मधुकृष्ण पन्थी, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, गुल्मीको छत्रकोटका तत्कालीन माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष रामप्रसाद पाण्डे छन्। चिया तथा कफी विकास बोर्डकाट विजय मिश्र र रामएकवाल यादव पनि सोही टोलीमा चीन जाँदै छन्। ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  २ : ११ बजे