५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

फोन गर्न कसैले मागे मोबाइल नदिनूस्, यस्तो हुन्छ



दाङ ।

तपाईलाई कसैले एकैछिन फोन गर्न दिनुहोस् न भनेर कसैले माग्यो भने तपाइले नदिनु होला । किनकी एकै छिनमा तपाईको मोबाइल चोरी हुन सक्छ । दाङमा यस्तै भएको छ । एकैछिन फोन गर्न मागेका व्यक्तिले मोबाइल लिएर भागेका छन् । साइकल पसलमा ग्राहक बनेर अनिश अहमदको साइकल पसलमा आएका एक व्यक्तिले फोन गर्छु भन्दै मोबाइल मागे । अनिशले सहजै दिए । फोन गर्दै अलि पर पुगेका ती व्यक्ति फोनमा कुरा गर्ने बाहानामा मोबाइल नै चोरी गरेर भागेका छन् । त्यसपछिको अनिशको उजुरीमा अनुसन्धानपछि प्रहरीले उक्त मोबाइल चोरलाई लमही–१ नर्तिबाट पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ पुल्चोक निवासी २१ वर्षका रेशम बुढा मगर दुई वटा चोरी मुद्दामा अदालतबाट दोषी ठहर भएका व्यक्ति रहेको र कारागार चलान भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरुणकुमार सिंहले बताउनु भयो ।
प्रहरीले अनिश अहमदलाई चोरी भएको मोबाइल हस्तान्तरण गरेको छ । चोरीमुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७० चैत १८ मा २० दिन कैद र एक लाख ८५ हजार जरिवाना तोको थियो । यस्तै पुनरावेदन अदालत तुल्सीपुर दाङले ०७२ कार्तिक २२ मा चोरी मुद्दामा ४ वर्ष १ महिना १ दिन कैद ठहर गरेको थियो । बुढालाई पक्राउ गरी अदात पेश गरेकोमा अदालतले काराकार चलान गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५ शनिबार ००:००  १ : ५५ बजे