५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आगलागीबाट लाखौंको क्षति, पीडितद्धारा सहयोगको याचना



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिमी क्षेत्र बनकसवासामा लागेको आगलागीबाट लाखौंको क्षति भएको छ । शुक्रबार दिउँसो साढे ३ बजे तिर एक्कासी लागेको आगोबाट लाखौंको क्षति भएको हो । आगलागीबाट ४ घर संगै ३ कोठ जलेर नष्ट भएका छन् । घर जलेर नखरानी भएपनि कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
आगोलाई झण्डै एक घण्टा पछि पूर्ण नियन्त्रणमा लिइएको थियो । जनप्रतिनिधि, वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी, स्थानीयबासी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको हो । बालबच्चाले आगो चलाउँदा घरमा आगोलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागीबाट घरबास गुमाएका परिवारलाई सहयोगको याचना गरिएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले आगलागी पीडितलाई आफु सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ । आगलागी पीडितका लागि सहयोगी हातहरु खोज्ने भन्दै नगरबाट पनि सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  २ : २२ बजे