५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आगलागी अपडेटः आगो पूर्ण रुपले नियन्त्रणमा, क्षतिको लगत संकलन सुरु



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिमी क्षेत्र बनकसवासामा भएको आगो पूर्ण नियन्त्रणमा आएको छ । दिउँसो साढे तीन बजे तिर लागेको आगो अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको हो जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा अवस्थित बनकसवासा भन्ने स्थानमा आगलागी भएको थियो ।
आगो नियन्त्रणमा लिन दमकल, प्रहरी र स्थानीयबासी घटिएका थिए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए अनुसार आगलागीबाट चार घर र तीन गोठ जलेका छन् । आगो कस्ले लगाएको हो भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ । आगोबाट के कति क्षति भयो अहिले लगत संकलन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  १० : ४६ बजे