५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुको बनकसवासमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको पश्चिमी क्षेत्र बनकसवासमा भिषण आगालागी भैरहेको खबर प्राप्त भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा अवस्थित बनकसवास भन्ने स्थानमा आगलागी भएको हो ।
अहिले आगो नियन्त्रणको लागि प्रहरी र स्थानीयबासी घटिएका छन् भने विभिन्न स्थानबाट दमकल ल्याई आगो निभाउने काम भैरहेको बताइएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिए अनुसार आगलागीबाट तीन घर र चार गोठ जलेका छन् । आगो कस्ले लगाएको हो भन्ने जानकारी नभएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण बाहिर भएको कारण निभाउन गाह्रो भैरहेको बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  १० : २३ बजे