एजेन्सी ।
न्यूजील्याण्डमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । केही व्यक्तिहरुको समूहले आज स्थानीय दुई मश्जिदमा गोली चलाउँदा मानिसहरु मारिएका हुन् ।
२० जना घाइते रहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आक्रमणकारीको संलग्नता के मा हो भन्ने कुरा भने खुलेको छैन ।
बन्दूकधारी मध्येका एक जना अष्ट्रेलियाका नागरिक रहेको बताइएको छ । उनलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अतिवादी आतंककारीको संज्ञा दिएका छन् । दुई जना अन्य मानिस र एक महिला पनि घटनामा गिरफ्तार भएका छन् ।
१ चैत्र २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया