५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कँदै



काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ कतार एयरलाइन्सबाट दिउसो साढे ३ बजे नेपाल आइपुग्नुहुनेछ ।
राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गर्नुभएको थियो । अधिवेशनमा भाग लिन उहाँ गएको सोमबार अमेरीका जानुभएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  ९ : २२ बजे