५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जनता मावि पिपरामा मुख्यमन्त्री पोख्रेलको अनुगमन, निरन्तर उत्कृष्टताको शुभकामना



मायादेवी अनलाइन, पिपरा ।
प्रदेश नं ५ का मुख्यमन्त्री माननीय शंकर पोखरेलले जनता माध्यमिक विद्यालय पिपराको आज अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा पोखरेलले विद्यालयले उत्कृष्टता हासिल गरीराखेको सन्र्दभ चर्चा गर्दै आगामी दिनमा प्रदेशमा मात्र नभइ राष्ट्रमै उत्कृष्ट बनाउन सम्पुर्ण शिक्षक, विद्यार्थी एवम अभिभावक लाग्नु पर्ने बताउनु भयो । आफुलाइ विद्यालयको समग्र अवस्था देख्दा खुसी लागेको बताउनुभएका मुख्य मन्त्री पोखरेलले विद्यालय सामाजिक एवम शैक्षिक उत्तरदायित्व पुरा गर्न सक्षम भएको प्रति खुसी एवम आभार व्यक्त गर्नु भयो । अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले आसन्न एस इ इ परीक्षा तयारीका सन्र्दभमा विशेष चासो व्यक्त गर्नु भयो । अनुगमन टोलीमा प्रदेश सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सी मरासिनी लगायत रहनुभएको थियो । अनुगमन टोलीलाइ स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले विद्यालयको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  ६ : ३० बजे