५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सेन्ट ज्यूड्सलाई ए वान क्वीज कृष्णनगरको उपाधि



मायादेवी अनलाइन, कृष्णनगर ।
‘इजि एवान क्वीज सिजन टु’ को फाइलनका लागि सेन्ट ज्यूड्स सेकण्डरी स्कूलले कृष्णनगर नगरपालिकाबाट प्रतिनिधित्व गर्ने भएको छ । नगरपालिका छनौट स्तरीय प्रतियोगीतामा विभिन्न विद्यालयलाई पछाडि पार्दै सेन्ट ज्यूड्सले फाइनलमा स्थान पक्का गरेको हो ।

Image may contain: 17 people, including Deepen Karki and Deepak Anuragee, people smiling, people standingए वान मिडिया सेन्टरका अध्यक्ष दिपक अनुरागीको अध्यक्षता, शिक्षा शाखा प्रमुख रामकरण पालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगीतामा सेन्ट ज्यूड्स एकेडमी बहादुरगञ्ज द्धतीय र साहरा पब्लिक स्कूलले तृतीय स्थान पक्का गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालले विद्यालयमा अतिरिक्त क्रियाकलाप हरेक विद्यावलयमा अनिवार्य रहेको बताउँदै ए वान मिडिया सेन्टरले गरेको कामको प्रशंसा गर्नुभयो । शिक्षालाई हेर्ने दृष्टिकोणमा अझैपनि आमूल परिवर्तन आउन नसक्दा कृष्णनगरको शैक्षिक गतिविधि सन्तोषजनक नभएको बताउनुभयो ।

Image may contain: 4 people, including Deepak Anuragee, people sitting and indoor
कार्यक्रममा नेत्रज्योती माविका प्रिन्सिपल जयप्रकाश चौधरीले हरेक सरकारी विद्यालयमा अतिरिक्त क्रियाकलाप अनिवार्य भएको बताउनुभयो । विद्यार्थीको सिर्जनशिलतालाई बाहिर ल्याउनका लागि अतिरिक्त क्रियाकलाप मुख्य हतियार भएको हुँदा उनीहरुको क्षमता अनुसार शिक्षक सिकाई क्रियाकलाप अगाडी बढाउनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

Image may contain: 3 people, including Deepen Karki
सेन्ट ज्यूड्सका प्रिन्सिपल धरेन्द्र विक्रम सिंहले ए वान मिडिया सेन्टरले हाजिरीजवाफको माध्यमबाट उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई पूर्ण छात्रबृत्ती प्रदान गर्ने कदम सराहनीय रहेको भन्दै आगामी दिनमा पनि यस्ता क्रियाकलाप आयोजना गर्न आग्रह गर्नुभयो ।

Image may contain: 3 people, people sitting, people standing and drink
ए वान मिडिया सेन्टरका प्रबन्ध निर्देशक दीपेन्द्र कार्कीको सञ्चालन, सल्लाहकार चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा शिक्षिका शारदा थापा लगायतले बोल्नुभएको थियो ।

Image may contain: 1 person, sitting, table and indoor
प्रतियोगीतामा प्रथम, द्धतिय र तृतीय स्थान हासिल गर्नेलाई शिल्ड, मेडल र प्रमाणपत्रले सम्मानित गरिएको थियो । नगरपालिका स्तरीय कार्यक्रम अन्तर्रगत अब कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकामा छनौट कार्यक्रम गर्न बाँकी छ । ६ नगरपालिकाबाट प्रथम स्थान हासिल गर्नेले होराइजन मावि बुटवल, एभरेष्ट मावि बुटवल र पारिजात मावि बनगाई कपिलवस्तुमा प्लस टु मा पूर्ण छत्राबृत्तीको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीताको मुख्य प्रायोजकमा क्यापिटल फुड्स प्रालि (इजि चाउचाउ) रहेको छ ।

Image may contain: 4 peopleImage may contain: 12 people, people smiling, people standing and indoor

Image may contain: 5 people, including Deepen Karki and Chandra Kanta NeupaneImage may contain: one or more people and people sitting

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  २ : ५६ बजे