५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु, कैयौँ घाइते



एजेन्सी । 

भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्ता पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।शुक्रबार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो ।घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । पुल खसेपछि आवागमन रोकिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  २ : ०९ बजे