५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आजको मौसमः केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना



काठमाण्डौँ ।
देशको पश्चिमी भूभागमा शुक्रबारको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बाँकी भागहरुमा मौसम आंशिक बदली रहने छ । देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : १ चैत्र २०७५ शुक्रबार ००:००  २ : ०७ बजे