बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिले आब्हान गरेको नेपाल बन्दको प्रभाव आज देशका प्रायजसो सबै स्थानमा परेको छ । कतिपय ठाउमा बन्दको सामान्य प्रभाव परेपनि अधिकांश स्थानमा बन्दको प्रभाव बढी पर्यो ।
बन्दका क्रममा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता सडकमा नदेखिएपनि ठाउ ठाउमा शंकाष्पद बस्तु राखि दिएपछी सबैसाधारण त्रसिद भएका थिए । कतिपय स्थानमा गएराति नै विप्लवका कार्यकर्ताले गाडीमा आगजनी गरेका थिए ।
त्यही डरले पनि आज अधिकांश स्थानमा सार्बजनिक गाडी चलेनन । सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले नेकपाका प्रायजसो सबै नेता कार्यकर्ता भूमिगत भईसकेका छन । उनीहरु सार्बजनिक स्थानमा देखिएका र्छनन । साझ ५ बजेपछी यातायातका साधनहरु भने चल्न थालेका छन । पछिल्ला बन्दहरु साझ ५ बजेपछी खुल्ने भउकाले आजपनि ५ बजेपछी सर्बसाधारणले यातायातका साधन चलाउन लागेका हुन ।
कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले आजका नेपाल लागि आब्हान गरेको थियो ।
फागुन २३ गते कपिलवस्तुको शिवराज नगरपालिका वडानम्वर ९ मा प्रहरी प्रशासनले आफनो पार्टीका कार्यकर्ता दुर्गा बहादुर रोकालाई घरबाट पक्रेर लगि पुन सुन्दरडाडामा ल्याई गोली प्रहार गरी घाइते बनाएको, स्थानीय जनतालाई सताएको र पछिल्लो समय देशभर सरकारले बढाएको दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्ता कार्यको बिरोधमा बन्द आब्हान गरेको सो पार्टीले बिज्ञप्ति जारी गरी फागुन २४ गते जनाएको थियो ।
पार्टी महासचिव बिप्लवद्धारा हस्ताक्षरित बिज्ञप्तिमा कपिलवस्तु घटना सहित पार्टी केन्द्रिय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्की सहित सयौ नेता कार्यकर्तालाई प्रहरी प्रशासनले बिना कारण गिरफ्तार गरी अराजनीतिक व्यबहार गरीरहेकाले बन्द आब्हान गरीएको उल्लेख गरीएको थियो ।
३० फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया