१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

युवालाई स्वदेशमै श्रम गर्ने वातावरण बनाउने अभियानमा छुःमन्त्री विष्ट



बुटवल ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली युवालाई स्वदेशमा नै श्रम गर्ने वातावरण बनाउने अभियानमा जुटेको बताउनुभएको छ । त्यसको सुरूवात योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट गरेको मन्त्री विष्टको भनाई छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र रूपन्देही उद्योग संघको आयोजनामा रूपन्देहीको तिलोत्तमामा आयोजित सामाजिक सुरक्षा योजना सम्वन्धी अन्तरक्रियामा बोल्दै विष्टले उद्योगी व्यवसायीले दक्ष जनशक्ति नपाउने र युवाहरू विदेश गई रहने अवस्था न्यूनीकरण गर्न योगदानमा आधारित सुरक्षा योजना ल्याएको बताउनुभयो । मन्त्री बिष्टले श्रमिकलाई मात्र नभई उद्योगको उत्पादकत्व बढाउन, श्रमिकको स्थायित्व गर्न र उत्पादन लागत घटाउन योजनाले सहयोग पु¥याउने दाबी गर्नुभयोे । कार्यक्रममा उद्योगीहरुले रोजगारदाताहरु सक्षम नहुँदासम्म सरकारले लागु गर्न खोजेको सामाजिक सुरक्षा योजना कार्यान्वयन हुन नसक्ने बताएका थिए ।
उनीहरुले राज्यले रुग्न बनेको उद्योगको जिम्मामा कोष जम्मा गर्ने काम छाडेर श्रमिकहरुको जिम्मेवारीबाट राज्य उम्कन खोजेको आरोप समेत लगाएका थिए । उद्योगीहरुले राज्यले स्पष्ट उद्योग नीति नबनाउँदै सामाजिक सुरक्षा योजना लागु गर्न खोज्नु गलत भएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ११ : २१ बजे