नवलपरासी ।
कावासोतीमा प्रहरी चढेको गाडीलाई एम्बुलेन्सले ठक्कर दिँदा ४ जना घाइते भएका छन् । कावासोती(१६ को चालीस किलो जंगल नजिकै लु १ च ७४२५ नम्बरको बिरामी बोकेको नेपाल रेडक्रस सोसाइटी उपशाखा अरुणखोलाद्वारा सञ्चालित एम्बुलेन्सले प्रहरी चढेको बा२झ १४६५ नम्बरको गाडीलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार बिरामीसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा मध्यविन्दू(१० बस्ने ४८ वर्षीय आनन्द जैसी, ७४ वर्षीय मानकुमारी जैसी, ८१ वर्षीय दुलनाथ जैसी र एम्बुलेन्स चालक ५१ वर्षीय खुमाकान्त न्यौपाने रहेका छन् । घाइतेहरुको अवस्था गम्भिर रहेको र कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको प्रहरी चढेको गाडीलाई तिब्र गतिमा रहेको एम्बुलेन्सले पछाडी पट्टिको भागमा ठक्कर दिई अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।
३० फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया