१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ब्राजिलको एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु



सिन्ह्वा ।
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परि अरु केही घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्ने मध्येका व्यक्तिहरू रहेको प्रहरीको भनाइ छ । स्थानीय समयअनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो ।
प्रारम्भिक विवरणका अनुसार सुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो। मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ । घटनामा परि घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्।
घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरू विद्यालयमा पुगेका थिए । उनीहरुमध्ये एक जनाले भने, ’यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो । साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरूलाई र उनीहरूका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ८ : ३७ बजे