५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बुटवलको कालिकाचौकमा शंकास्पद वस्तु फेला, बजारबासीमा त्रास



बुटवल ।
बुटवलमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो ।
यसले बिहानैदेखि बुटवलको जनजीवन प्रभावित बनेको छ । क्षति हुन नदिन घटनास्थलमा प्रहरीले सुरक्षा दिएको इप्रका बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।
बुधबार साँझ पनि बुटवलका विभिन्न स्थानमा विष्फोटको आवाज आएको थियो । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको छ ।
बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  ३ : ०९ बजे