५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवको बन्दः गुल्मीमा वन्दको प्रभाव पूर्ण



शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा वन्दको प्रभाव पुर्ण रुपमा परेको छ । नेकपा विप्लव माओवादीले आव्हान गरेको नेपाल वन्दको प्रभाव गुल्मीमा पुर्ण रुपमा परेको हो । वन्दका कारण जिल्लाको सदरमुकाम तम्घास लगायत अन्व व्यापारीक वजारहरु बन्द रहेका छन ।
जिल्लावाट चल्ने लामो तथा छोटो दुरिका कुनै पनि सवारीसाधन चलेका छैनन् । उद्योग कलकारखाना, पसल तथा विद्यालयहरु समेत ठप्प रहेका छन् । वन्दको समयमा कुनै अपराधी घटनाहरु नघटोस भनेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
हामीले सुरक्षा व्यवस्था कडा पारेका छौ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने, “वन्दलाई मध्यनजर राख्दै शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् ।” वजारमा वन्दकर्ताहरु नदेखिएको भएपनि सवै क्षेत्र बन्द रहेका छन् । वजारका विभिन्न चोक चोकमा सुरक्षाकर्मीको वाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  २ : ४० बजे