५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

कपिलवस्तुमा पनि बन्दको प्रभाव, सडकमा गाडी देखिएनन



मायादेवी अनलाइन, कपिलवस्तु ।
पूर्व पश्चिम महेन्द्र राजमार्गमा सवारी आवगमनमा कमी देखिएको छ । सदाका दिनहरुमा भन्दा विहीबार जिल्लाका विभिन्न स्थानमा सवारी साधन कम देखिएका हुन् । छोटो दुरीका साना सवारी साधन सञ्चालन भएपनि लामा दुरीका सवारीसाधन चलेका छैनन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको चर्चासँगै सवारी साधन कम चलेका हुन् ।
यस्तै जिल्लाका उत्तरी क्षेत्रका बजार सुनसान जस्ता छन् । सवारी साधन नचल्दा मानिसको चहपहल कम देखिएको छ । यद्यपि जिल्लाका दक्षिणी क्षेत्र कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्ज, सदरमुकाम तौलिहवामा बन्दको खासै प्रभाव परेको छैन् ।
यता कक्षा ८ को जिल्लास्तरको परीक्षा सञ्चालन भैरहेको छ भने सामुदायिक विद्यालयहरुले बार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । विहीबारको बन्दको हल्लाले परीक्षा हुने हो कि होइन् अन्यौलता बढेको छ । बुधबार विप्लवका केही कार्यकर्ताले आजका लागि विद्यालय बन्द गर्न केही शिक्षकलाई दबाब दिएका थिए । प्रहरीले शान्ति सुरक्षा दिन सके विद्यालयको परीक्षा नरोक्ने पक्षमा विद्यालयहरु छन् ।
यता नीजी विद्यालय आज बन्द हुने सम्भावना बढी छ । बन्दमा घुसपैठ हुन सक्ने आशंकाले चुनौतीका बीच नीजी विद्यालय सञ्चालन गर्न नसकिने निजी विद्यालयका सञ्चालक बताउँछन । कतिपय नीजि विद्यालयले भने विद्यालय चलाउने बताएका छन् । प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै निर्वाध रुपमा गाडी चलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५ बिहिबार ००:००  २ : २३ बजे