५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मलेसियामा अलपत्र २३ नेपालीको उद्दार गरि स्वदेश पठाइयो



मलेसिया ।
रोजगारीको शिलशिलामा मलेसिया पुगेर अलपत्र परि घर फिर्ती केन्द्रमा रहेका २३ जना नेपाली कामदारको मलेसियास्थित नेपाली राजदूतावासले उद्दार गरेको छ । उद्धार गरिएका नेपालीलाई नेपाल पठाइएको छ ।
नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ती केन्द्रमा रहेका, हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका २३ जना नेपाली नागरिकहरुलाई स्वदेश फिर्ता गरिएको हो ।
फागुन महिनाको १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जनालाई नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।
नेपाली राजदूतावासले फाल्गुन महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दार गर्ने उद्देश्यले भेटघाट गरेर जानकारी लिएको दूतावासले जनाएको छ ।
लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखि दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराए स्वदेश फर्काएको हो । अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ९ : १२ बजे