५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवलाई प्रतिबन्ध गरे मुलुकमा द्वन्द सृजना हुन सक्छः कांग्रेस नेता थापा



बिष्णु कुमार आले, अर्घाखाँची ।
नेपाली काग्रेसका युवा नेता गंगन कुमार थापाले नेत्र बिक्रम चन्द बिप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध गर्नु गलत भएको बताए । अर्घाखाँचीको ठाडामा संचालन भैरहेको शैक्षिक धार्मिक महोत्सवको पाँचौदिनको रात्रीकालीन समयको प्रमुख अथितीको रुपमा संबोधन गर्दै नेता थापाले सरकारले बिप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर नियन्त्रण गर्न खोज्नु गलत भएको भन्दै अब देशमा फेरी द्घन्द सृजना हुन सक्ने बताए । उनले धर्म परिवर्तन गर्न हाम्रो बिरुद्घमा लागेकाहरु गाउँ पसिरहेकाले सचेत हुन पनि सबैलाई आग्रह गरे ।
त्यस्तै नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले राष्ट्रबादी नेता भन्दा देश भक्ती नेताको खाँचो भएको बताए । धार्मिक महोत्सवको मध्यकालीन समयको प्रमुख आसन बाट संबोधन गर्दै नेता पौडेलले अरुलाई बदिनाम गरेर आफ्नो बिचार थुपार्ने काम अधिनायक बाद भएको बताए । उनले कटाक्ष गर्दै राष्ट्रबादको निकै ठुलो नारा लगाउने तर राष्ट्रबादको नाममा माक्सबाद आउछ भनेर पढाउने यस्तो राष्ट्रबाद हामीलाई स्विकार नहुने बताए । नेता पौडेलले पछिल्लो समयमा राष्ट्रको संरक्षण र बिकाशमा भन्दा पनि निजी स्वार्थमा रहेर नेताहरुले राजनितीक गरेपछी मुलुकमा राष्ट्र प्रेमी नेताको खडेरी परेको उल्लेख गर्दै अब यो मुलुकमा देश भक्ती नेताको खोजी गर्नु पर्ने बेला आएको बताए । नेता पौडेलले क्याम्पस भवन निर्माणका लागी आफ्नो् पहुच पुग्ने ठाउँमा भनेर सम्पुर्ण सहयोग गर्ने बचन समेत दिएका छन् ।
त्यस्तै नेपाली काग्रेसकी नेत्री तथा प्रतिनिधी सभा सदस्य पुष्पा भुसालले बिधमान शैक्षिक नितीलाई परिमार्जन गरि रोजगारमुखी शिक्षाको बिकाश गर्न आवश्यक भएको बताईन् ।
उनले २१ औं शताब्दी बिज्ञान र प्रबिधीको युग भएकाले अबको शिक्षा बिज्ञान , प्रबिधी र रोजगार मुखी हुनुपर्नेमा जोड दिईन् । उनले सांसदहरुको कटौती गरिएको सांसदकोषमा पारदर्शी रुपमा रकम पठाउन पनि सरकारलाई आग्रह गरिन् । नेत्री भुसालले आफ्नो पिता काशीनाथ गौतमले देखेको सपना यो क्षेत्रमा पुरा गर्न बाँकी रहेको भन्दै क्याम्पसका लागी आफ्नो खल्तीबाट रु ५१ हजार दान दिएकी हुन् । त्यस्तै नगर प्रमुख सुर्य प्रसाद अधिकारीले महोत्सवको पहिलो दिन रु १ लाख रुपियाँ दान गरेका थिए भने महोत्सवको पाँचौं दिन उनकी धर्मपत्नी सुजाता अधिकारीले रु १ लाख १ हजार दान दिएकी छन् ,
ज्योती भबिश्वर बहुमुखी क्याम्पस ठाडा अर्घाखाँचीको गुणस्तर सुधार , स्तरबृद्धी तथा भवन निर्माणका लागी आर्थीक जुटाउन फागुन २४ बाट संचालन भएको धार्मिक महोत्सवमा राष्ट्रिय कलाकारहरुले बिभिन्न भगवानका चरित्र सहितका नृत्य प्रस्तुत गरि दर्शकहरुलाई भरिपुर्ण मनोरन्जन दिदै आएका छन् । महोत्सवमा ५ लाख बढि दर्शननार्थी र डेढ करोड माथी रकम संकलन गर्ने मुल आयोजक समितीले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ८ : १२ बजे