५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित



काठमाडौं ।
प्रतिनिधिसभाको आज(बुधबार)को बैठक स्थगित भएको छ । राजपाको विरोधपछि १० मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि सूचना टाँस गरेर भोलि (बिहीबार) १० बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
राजपाले तेस्रो मधेश थरुहट आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गरेको थियो । राजपाले पूर्वन्यायाधीश गिरिशचन्दा लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
आजको बैठकमा बोल्दै राजपाका प्रमुख सचेतक लक्ष्मण लाल कर्णले प्रतिवेदन सार्वजनिक गराउन माग गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ८ : ०४ बजे