५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

सरकारको प्रतिबन्धपछि ‘जनसरकार’ घोषणा गर्ने तयारीमा विप्लव



काठमाडौं ।
पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणा पछि नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय स्तरमा ‘जनसरकार’ घोषणा गर्ने तयारी थालेको छ ।
विप्लव नेतृत्वको नेकपाका एक नेताले सरकारले पार्टीमाथि नै प्रतिबन्ध लगाएपछि त्यसको प्रतिक्रियास्वरूप स्थानीय तहमा जनसरकार घोषणा गर्ने तयारी थालिएको बताए ।
ती नेताका अनुसार प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने र पार्टीको बैठक बसेर निर्णय गर्ने तयारी समेत छ । केही दिनभित्रै नेकपा महासचिव विप्लवले नै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने र त्यसैबेला जनसत्ता र जनसरकार घोषणा गर्ने तयारी भएको ती नेताले जानकारी दिए

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ६ : ५२ बजे