५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राप्रपाको स्वाभिमान यात्रा आज उपत्यका प्रवेश गर्ने



काठमाडौं ।
राप्रपा नेपालले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरेको ’मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ आज काठमाडौं आइपुग्दैछ।
हिन्दु राष्ट्रको पुनर्स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमत संग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राखी गत फागुन ७ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू बारे जनतालाई जानकारी दिन र मागका पक्षमा जनमत सिर्जना गर्न मेची(महाकाली यात्रा गरेको हो।
’राप्रपाले २ हजार ८ सय १० किमि यात्रा १५ दिनमा तय गरेको छ, यस क्रममा सानाठूला गरी करिब १ सय ५० वटा सभाहरु भएका छन्’, प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए।
यात्राका क्रममा हिन्दु राष्ट्रका पक्षमा देखिएको जनताको समर्थन काठमाडौं बसेर कल्पना गर्न नसकिने खालको रहेको र हिन्दु राष्ट्रको जनचाहनालाई सम्बोधन गरिनुपर्ने श्रेष्ठको मत छ। राप्रपाको यात्रामा ७० वटा भन्दा बढी सवारी साधन र ५ सय यात्रीहरु नियमित रहेको उनले जानकारी दिए।
राप्रपा अध्यक्ष कमल थापाले नेतृत्व गरेको यात्रामा हिन्दु, बौद्ध र किराँत धर्म झल्किने आकर्षक पशुपतिनाथ, गाई, बौद्ध स्तुपाको स्वरुपमा तयार गरिएका संरचना यात्राका आकर्षण थिए। हरेक दिन कम्तीमा १० वटाका दरले भएका सानाठूला सभाहरुमा स्थानीय र टाढा(टाढाबाट समेत जनताको उपस्थिति रहेको थियो। प्रत्येक सभालाई अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए।
आज काठमाडौं आइपुग्ने स्वाभिमान यात्राले ललितपुरका विभित्र स्थानमा कोणसभा गर्नेछ। स्वाभिमान यात्रा चैत १ गते भक्तपुरबाट काठमाडौं आई सहरका विभिन्न भागमा परिक्रमा गरी डिल्लीबजारबाट कलश यात्रा सुरु हुनेछ। सो दिन अपरान्ह १२स्१५ बजे भृकुटीमण्डपमा विशाल जनसभा गर्दै समापन हुनेछ। सभालाई अध्यक्ष कमल थापासहित पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  ३ : ३७ बजे