५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

करेन्ट लागेर बेहुलाका भाइको मृत्यु, शोकमा डुबे जन्ती



दाङ ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका–५ नौशहरा निवासी २० वर्षीय कामेश्वर यादवको ईनारमा पानी तान्न जडान भएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर यादव ईनारमा खसेका थिए ।
घरमा विवाहको उत्सव थियो । जन्ती निस्कने क्रममा बेहुलाका भाइ कामेश्वर यादवको करेन्ट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
बेहुलाका भाइको मृत्यु भएपछि विवाहस्थल शोकमा डुबेको छ । शवलाई परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  २ : ५६ बजे