५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पानी पर्ने सम्भावना कता–कता, यस्तो छ मौसम ?



काठमाडौँ ।
देशका अधिकांश क्षेत्रमा बुधबारको मौसम आंशिकदेखि पूर्ण बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भेगको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् । यसतै मध्य क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुनेछ । पूर्वी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पश्चिमका केही ठाउँ र मध्य तथा पूर्वको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने देखिएको छ ।
काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि बदलीकै अवस्थामा रहने जनाइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५ बुधबार ००:००  २ : ३४ बजे