५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय !



काठमाडौं ।
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । परराष्ट्र मन्त्री ज्ञवालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेको र आपराधिक समूहले गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहकै रुपमा व्यवहार गरिने जानकारी दिनुभयो ।
आपराधिक समूह घोषणा भएसँगै विप्लव समूहका नेता तथा कार्यकर्ता सबैलाई जुनसुकै बेला पनि प्रहरीले पक्राउ गरी कारबाही गर्न सक्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ४ : २४ बजे