४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बस दुर्घटना अपडेटः १४ जना घाइते (नामावली सहित)



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको जीतपुर चारनम्बरमा मंगलबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन् । कपिलवस्तु सामुदायिक अस्पताल अगाडी यात्रुबाहक बस दुर्घटनामा परेको हो । जीतपुर चारनम्बर सडकखण्डमा चल्ने ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बसमा सवार यात्रुको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको बताइएको छ ।

बस दुर्घटनामा वाणगंगा ९ निवासी निशा थारु, बुद्धभूमि २ कि भावना सेन थापा, बुटवल देवीनगरकी प्रेमकला गौतम, मोहन थारु, वाणगंगा १० का बनस रजिया, चिन्कि थारु, सोही स्थानका रमपतिया थारु, बुटवल देवीनगरकी लक्ष्मी गौतम, सिता गौतम, कपिलवस्तु नगरपालिकाकी बमैली स्तरउती, बुटवल ११ की रिता गौतम, सिमरीकी माया चौधरी रहेका छन । उनीहरु सबैको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

दुई जनाको नाम पहिचान हुन सकेको छैन । तौलिहवा चारनम्बर चल्ने कपिलवस्तु यातायात व्यवसायी समितिको बस दुर्घटनामा परेको हो । बस तौलिहवाबाट चारनम्बर आउँदै थियो । चारनम्बर–ठाकुरपुर अन्तर्रगतको सडकखण्डको मर्मम सम्भार भैरहेको छ । त्यसले गर्दा ड्राईभर्सन मार्फत कपिलवस्तु सामुदायिक अस्पताल हुँदै सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सोही अन्तर्रगत गुडेको बसले अटोरिक्सालाई बचाउन खोज्दा सडक साँघुरो भएको कारण दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  १ : ३१ बजे