९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मायादेवीमा पुर्ण सरसफाई तालिम चल्दै



थानेश्वर अधिकारी, पकडी ।
मायादेवी गाउँपालिका, पकडी, कपिलवस्तुको आयोजनामा मायादेवी गाउँपालिकाका बिभिन्न वार्डहरुमा बिद्यालय, बालक्लव र आमा समुहका लागि पुर्ण सरसफाई तालिम संचालन गरिएको छ । मायादेवी गाउँपालिकाका पकडी, डुमरा, फुलिका, पिपरा, हरनामपुर र बिजुवामा सो तालिम संचालन गरिने भएको छ ।
मायादेवी गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडा यस अधिनै खुला दिसा मुक्त क्षेत्र घोषणा भै सकेका छन् । नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपाललाई पुर्ण सरसफाईयुक्त नमुना देश बनाउने लक्ष्य अनुसार मायादेवी गाउँपालिकामा पुर्ण सरसफाई अभियान संचालन भएको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले जानकारी दिनु भएको छ ।
तालिममा पुर्ण सरसफाईका सुचक, फोहोर व्यवस्थापन, सरसफाईका आधारभुत सुविधा र आगामी कार्ययोजनाका बारेमा मायादेवी गाउँपालिकाका वास संयोजक थानेश्वर अधिकारी र वास सहजकर्ता श्याम कुमार बिश्वकर्माले सहजीकरण गर्नुभएकोछ ।
मंगलबार फुलिकाकामा भएको तालिममा वार्ड नं ३ का वडाध्यक्ष सुकदेव प्रसाद तिवारीले सरसफाइ हामी सबैको लागि अत्यन्त महत्वपुर्ण बिषय भएको र अव फुलिकाबासी पुर्ण सरसफाईका लागि सबै जना लागरे फुलिकालाई पुर्ण सरसफाई युक्त नमुना वडा बनाउनु पर्ने कुरामा जोड दिनुभएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ११ : ५९ बजे