१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सम्बोधन गर्दा गर्दै नेकपाकी सांसद शान्ता चौधरी बेहोस



दाङ ।

नेकपा संसदीय दलकी सचेतक तथा संघीय सांसद शान्ता चौधरी अचानक बेहोस भएकी छिन् । बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको छ ।

मंगलबार बिहान तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेको केहीबेरमै उनी बेहोस भएकी हुन् ।

हाल उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए । दहितले भने, ‘अझै रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नुभएको छ ।’

सरकारी वकिलकै कार्यालयमा बेहोस भएलगतै चौधरीलाई राप्ती प्रादेशिक अस्पतलमा र्पुयाइएको थियो । यसअघि संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि उनी बेहोस भएकी थिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  १० : ३१ बजे