४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ गतेदेखि खुल्ने



काठमाण्डौ ।

कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ । सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाले सूचना निकालेर आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने मिति तय गरेको हो । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने पनि ईपीएसले जनाएको छ । काठमाण्डौ र पोखरामा  परीक्षा सञ्चालन हुने भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । कोरियाले सन् २०१९ मा नेपालबाट १० हजार ५० जना कामदार लैजाने भएको छ ।  परीक्षा शुल्क २४ डलर तोकिएको छ । फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्क्यान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिना यताको फोटो अपलोड गर्नुपर्नेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ८ : ४६ बजे