४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

बालिका बलात्कारको आरोपमा युवक पक्राउ



दाङ ।
बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका – १९ बस्ने २१ बर्षीय सन्तोष घर्ती मगर पक्राउ परेका हुन् ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने पीडित बालिकाको दाजुले दिएको जाहेरीको आधारमा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका घर्तीलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ८ : ४४ बजे