४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

सभापति देउवाको मागः वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्छ



पोखरा ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिदमा भएको अनियमितताको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताए ।
सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो ।
उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो ।
प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७५ मंगलबार ००:००  ८ : ४३ बजे