४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रालाई कपिलवस्तुमा स्वागत


२७ फाल्गुन २०७५ सोमबार ००:००  

0
Shares

मायादेवी अनलाइन वाणगंगा  ।
पश्चिमबाट आएको राष्ट्रिय प्रजातन्त्र पार्टिको मेची महाकाली यात्रालाई कपिलवस्तुमा भब्य स्वागत गरिएको छ । पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले संचालन गर्नुभएको राष्ट्रव्यापी यात्रा आज कपिलवस्तुमा आएको हो । फागुन १५ गते पाथीभारा ताप्लेजुङबाट शुरु गरि राष्ट्रिय स्वाभिमान यात्राको नाम दिइएको कमल थापाको नेतृत्वको यात्रा विभिन्न जिल्ला हुदै सोमबार कपिलवस्तु प्रवेश गरेको हो । यात्राको क्रममा विभिन्न स्थानमा कोण सभा संचालन गर्दै स्थानीय कार्यकर्ता तथा शुभेच्छुकले भब्य स्वागत गरेका हुन् ।
मेची महाकाली यात्राका क्रममा कपिलवस्तुमा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्वोधन गर्दै अध्यक्ष थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, धार्मिक स्वतन्त्रता सहितको सर्वधर्म सापेक्ष हिन्दुराष्ट्रको पुर्नस्थापना तथा सबै शक्ति अटाउने संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्रको स्थापनाको लागी मेची महाकाली अभियानको थालनी गरिएको बताउनु भयो । स्वाभिमानको यात्रालाई जिल्लाको चन्द्रौटा, ईमिलिया तथा चारनम्बरमा स्वागतका लागि भेला भएका नेता कार्यकर्ता संगको भेटघाटका क्रममा देशमा व्याप्त भ्रष्टाचार, महिला माथी हुने हत्या हिंसाको अन्त्य तथा राष्ट्रिय स्वाधिनताको रक्षाका लागी पार्टीले जागरण अभियान संचालन गरेको जानकारी दिनुभयो ।
यहि फागुन ३० गते काठमाण्डौंमा पुगेर यात्राको समापन हुने बताउदै अध्यक्ष थापाले हिन्दुराष्ट्रको पुनस्र्थापना सहित विभिन्न २२ बुँदे माग राख्दै सरकारलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु पुरा नभए चैत पहिलो साताबाट पार्टिले संघर्ष गर्ने समेत जानकारी दिनुभयो । अध्यक्ष थापा संगै राप्रपाका नेताहरु दिपक बोहरा, टंक ढकाल, राजेन्द्र लिङदेल, बुद्धिमान तामाङ, भुवन पाठक, तिर्थराज चटौत लगायत राप्रपाका केन्द्रिय स्तरका नेताहरुको सहभागीता रहेको स्वाभिमान यात्रालाई स्वागत गर्नका लागि कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य धु्रब रायमाझी, जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, उपाध्यक्ष भिष्म बञ्जाडे, सचिव चेतनारायण खनाल, जिल्ला सदस्य चेत बहादुर वाग्ले, नवराज घिमिरे लगाएतका पार्टिका नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  २ : ४५ बजे