४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

इथियोपिया विमान दुर्घटनामा ज्यान गुमाएकी एकताको सबै परिचय खुल्यो, बेलायतबाट एमएससी



गोरखा । 

विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीको सबै परिचय खुलेको छ । वि सं २०७२ सालको भूकम्पदेखि विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) मा आवद्ध भएर काम समेत गरेकी अधिकारी आइतबार इथियोपियाको विमान दुर्घटनामा ज्यान गुएकी थिइन् । उनी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा रहेकी खुलेको छ । उनका बुवाको नाम काजी अधिकारी रहेको खुलेको छ भने आमाको नाम पार्वती रहनु भएको छ । साविक मिरकोटबाट सरेर गोरखा नगरपालिका–१० छेपेटारमा बस्दै आएका एकताका परिवार अहिले काठमाडौंको बालाजुमा बस्दै आएका छन् । एकताका दुईजना दिदी अमेरिकामा छन् भने एक जना भाइ काठमाण्डौँ बालाजुमै रहेका छन् ।  २८ वर्षीया अधिकारी बेलायतबाट एमएसी सकेर चार बर्ष अघि मात्र नेपाल आएकी थिइन् भने ८ महिनाअघि उनी इथियोपियामा गएकी थिइन् । एकताको मृत्युको खबरले भावविह्वल भएका आमाबुबा नेपाल फर्कदै छन् । उनीहरु त्यहाँ २ छोरीको साथमा रहेका थिए । एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् ।

विमानमा ३५ देशका नागरिक सवार थिए । त्यसमध्ये  अधिकारी इथियोपियाको राजधानी एडिस अब्बासमा रहेको विश्व खाख्य कार्यक्रम (डब्लुएफपी) मा कार्यरत थिइन् ।उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै केन्याका नागरिक छन् । केन्याका ३२ जनाको ज्यान गएको छ । यस्तै क्यानडाका १८, इथियोपियाका ९ तथा अमेरिका, चीन र इटालीका ८–८ जनाको ज्यान गएको छ । यस्तै दुर्घटनामा फ्रान्स र बेलायतका सात–सात, इजिप्टका ६, जर्मनीका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जनाको ज्यान गएको छ ।यसैगरि अस्ट्रिया, रुस र स्वीडेनका तीन–तीन तथा इजरायल, मोरक्को, पोल्याण्ड र स्पेनका दुई–दईजनाको ज्यान गएको हो ।नेपाल, बेल्जियम, डिजिबोउटी, इन्डोनेसिया, मोजाम्बिक, नाइजेरिया, नर्वे, रुवाण्डा, साउदी अरेयिबा, सर्बिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको ज्यान गएको छ । यस्तै संयुक्त राष्ट्रसंघको पासपोर्ट लिएका एकजनाको पनि निधन भएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ८ : २४ बजे