४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेविसंघ कपिलवस्तुले बांड्यो ५० हजार बराबरको शैक्षिक सामाग्री



मायादेवी अनलाइन ।
नेपाल विद्धार्थी संघ कपिलबस्तुले विद्यार्थीहरुको लागि शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको क्षेत्र न ३ चन्द्रौटामा रहेको नेपाल आर्दश माध्यमीक विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न तथा दुष्टिविहीन विद्धार्थीहरुलाई आइतबार करिब ५० हजार बरारबरको शैक्षीक साम्रागी वितरण गरेको हो ।
बिद्यालयका ९ जना दृष्टिविहीन विधार्थीलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले सो शैक्षिक सामाग्री बितरण गर्नुभयो । सांसद शाहले सामाग्री हस्तान्तरण गर्दै नेपाल विद्यार्थी संघ सदैव दिनदुखीको पीर र मर्काको साथी भएको बताउँदै आगामी दिनमा पनि यस्तै कार्यक्रम गरी विद्यार्थी र अभिभावकको मन जित्ने काम गर्न नेविसंघ कपिलवस्तलाई आग्रह गर्नुभयो । विद्यार्थी नेताको काम सडकमा उफ्रने मात्र नभउर समाज सेवा पनि भएकाले बिभिन्न समाज सेवाका पाटालाई अंगिकार गरी देशभर नेपाल विद्यार्थी संघको आयाम फराकिलो पार्नु अहिलेको आवश्यकता रहेको पनि सांसद शाहको भनाई छ । कार्यक्रममा नेपाली काग्रेसका युवा नेता अजय थापा, नेपाली काग्रेसका जिल्ला सदस्य हुमाकान्त खनाल , हरिप्रसाद पोख्रेल, शिवराज नगर सभापति मधु पोख्रेल , तरुण दलका जिल्ला सभापति शतmी सिंह ठकुरी , नेपाल आर्दश माविका प्रार्चाय मुतmीनाथ पोख्रल लगाएतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेविसंघका क्षेत्रीय सभापति विश्वमणी घिमिरेको सभापतित्व र विद्यार्थी नेता चन्द्रकान्त पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ७ : ५४ बजे