४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

दुर्घटनास्थलको अवलोकनपछि छानबिन समिति अनुसन्धानमा उपयोगी हुने केही भेटिएन



काठमाडौं ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घटना छानबीनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनास्थलको अवलोकन गरेको छ। आइतबार घटनास्थलको हेलिकोप्टरबाट अवलोकन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा छानबिन समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए। मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ुएरियल भ्यूु मार्फत नै सो क्षेत्रको अवलोकन गरेको उनले बताए।मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको तारेभिरमा ल्यान्ड गर्न सकेनु, उनले भने, ुतर, हामीले घटनास्थलको नजिकबाटै अवलोकन गर्‍यौं। करीब ३र४ पटक नै हेलिकोप्टरलाई सो क्षेत्रको नजिकै लान लगाएर त्यहाँको अवस्था हेरेका थियौं।

पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा गएको छानबिन समितले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि पाटपुर्जा र प्रमाण नभेटिएको निष्कर्षसमेत निकालेको छ। ुदुर्घटनास्थलमा छानबिनका लागि आवश्यक पर्नेजस्तो केही पनि देखिएन। हेलिकोप्टरको पछाडिको भाग मात्र बाँकी रहेको पायौ‌ं। जुन अनुसन्धानका लागि उपयोगी रहँदैनु, सदस्यसचिव लामिछानेले भने।

समितिले घटनास्थलको प्रकृति तथा स्थानीयहरुसँगको कुराकानीका आधारमा दुर्घटना मौसमकै खराबीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। टोलीले चुहानडाँडा, पाथीभरालगायतका स्थानीय तथा प्रत्यक्षदर्शीसँग पनि कुराकानी गरेको छ। गत फागुन १५ गते फुङलिङ नगरपालिका(१० स्थित तारेभीरको जंगलमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारी अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकोप्टरका पाइलट प्रभाकर केसी निधन भएको थियो।
सोही दुर्घटनाको अनुसन्धानका लागि सरकारले पूर्व पर्यटनसचिव गौतमको संयोजकत्वमा सहायक रथी दिपक प्रसाद बास्तोला र क्याप्टेन प्रमोद लामा सदस्य तथा उपसचिव लामिछाने सहसचिव रहनेगरी छानबिन समिति गठन गरेको थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ७ : ४५ बजे