४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

२५ किलो चाँदीसहित २ भारतीय नागरिक पक्राउ



धनुषा ।
२५ किलो चाँदी र सय ग्राम सुनसहित दुईजना भारतीय नागरिक जनकपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवानी जिल्ला बासोपट्टी–४ का ३७ वर्षीय कृष्णकुमार महतो र ३० वर्षीय रुपेश महतो रहेका छन् । आइतबार बेलुका जनकपुरबाट लोहना हुँदै भारत जान लागेको बीआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा लोहना जाने सडकमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार बिहान पत्रकार सम्मेलनको गरी सार्वजनिक गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जाँच गर्ने क्रममा सुनको बाला १ थान, गोलो टुक्रा १ थान र ९ प्याकेट चाँदीको दाना बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।
उहाँका अनुसार बरामद भएको सुनको मूल्य ५ लाख २४ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य १६ लाख १८ हजार २ सय ५० रुपैयाँ रहेको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको र मोटरसाइकलसहित सुन र चाँदी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउने तयारी भैरहेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ७ : ३५ बजे