काठमाडौं ।
कोरियन परिक्षामार्फत दक्षिण कोरिया रोजगारीका लागि जान चाहने युवाका लागि भाषा परिक्षाको लागि आवेदन चैतमा पहिलो सातामा खुल्ने भएको छ । कोरियन भाषा पढिरहेका परीक्षार्थीका लागि चैत ८ देखि १७ गतेसम्म परीक्षाका लागि आवेदन खुल्ला गरिने वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपीएस कोरिया शाखाले जानकारी दिएको छ । सरकारीस्तरमा दक्षिणकोरिया जान लिइने भाषा परीक्षाको मिति पनि शाखाले तोकिएको छ । इपीएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जान लिइने भाषा परीक्षा आगामी जुन ९ र १० ९जेठ २६ र २७ ० गते सञ्चालन गरिने छ। यो वर्ष कोरिया सरकारले नेपालबाट १० हजार ५० जना कामदार लिने भएको छ । कोरियाको मानव सशाधन विकास केन्द्र नेपालका लागि गत वर्ष कोटा छुटाएको थियो।
भाषा परीक्षामा सामेल हुने परिक्षार्थीले भने चैत ८ देखि १७ सम्म फारम भर्नुपर्ने छ । भाषा परीक्षाका लागि फारम अनलाइन प्रणालीबाट फारम भर्ने व्यवस्था गरिएको छ । देशका विभिन्न स्थानबाट फारम भर्ने व्यवस्था मिलाइने शाखाले जानकारी दिएको छ । सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो ।
कृषि, निर्माण र फिसिङ माछा मार्ने० गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरी सम्झौता भएपनि हाल कोरिया सरकारले भने कृषि, निर्माणमा मात्रै कामदार लिदै आएको छ । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ । पछिल्लो समय नेपाली युवा रोजगार गन्तव्य देशभित्र पर्छ । सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए । जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए । गएका ११ वर्षमा भाषा परीक्षामार्फत करिब ५७ हजार नेपाली रोजगारीका लागि कोरिया पुगेका छन् ।
२७ फाल्गुन २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया