४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

रुपन्देहीका अनिशको हत्या आसंकामा पाच जना पक्राऊ, कस्तो होला ज्यान लिने देवदह मेला ?



रुपन्देही।
मेलामा शक्ति प्रदर्शन गर्ने होडबाजीले गर्दा रुपन्देहीमा एक स्थानीय युवकको ज्यान गएको छ । देवदह नगरपालिक–५ खैरेनीका अनिश पुरीको मेलामा शक्ति प्रदर्शन गर्ने होडबाजीमा ज्यान गएको बताइएको छ । हत्यामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय ५ जना युवालाई पक्राउ गरेको छ । देवदह नगरपालिक–५ खैरेनीका गयराति स्थानीय पुरीको सामुहिक आक्रमणमा हत्या भएको थियो । हत्यामा संलग्न भनिएकाहरुलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरीले नियन्त्रणमा लिएका युवाको नाम खुलाएको छैन । अनिश तरुण दलका कार्यकर्ता रहेको नेपाली कांग्रेस देवदहका सभापति हिराबहादुर खत्रीले बताउनु भएको छ । उनी मारिनुको कारण देवदहमा चलिरहेको मेला प्रमुख रहेको छ । मेलामा खैरेनी र बुद्धनगरका युवामा कसको शक्ति कति हुने भन्ने होडबाजी चलिरहेको थियो । त्यसैकोे कारण समयसमयमा विवाद पनि भइरहेको थियो ।

त्यसलाई मेला आयोजक समिति र प्रहरी मिलेर टालटुल पार्ने प्रयास पनि गरेको थिए । तर आइतबार राति भने रातको समयमा झुक्कयाएर पुरीलाई एक युवाले फोन गरेर बोलाए । त्यसपछि बुद्धनगर पुगेका पुरीलाई एक्कासी ८–१० जनाले बेहोस् हुनगरी सामुहिक आक्रमण गरेका बताइएको छ । गम्भिर घाइते पुरीलाई स्थानीय मिलेर तुरुन्तै देवदह मेडिकल कलेजमा पु¥याए पनि बचाउन सकिएन । लगत्तै अस्पत्तालले पनि उनलाई मृत घोषणा गर्यो । ढुङगामुडा र छड प्रहार गरी पुरीको हत्या भएको बताइएको छ । अहिले उनका आमाबुबा पनि बेहोस अवस्थामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ६ : २१ बजे